शुक्रबार उपत्यकामा थपिए ४१५ कोरोना संक्रमित

भदौं १२, काठमाडौं – उपत्यकामा आज थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको छ ।

बिगत २४ घण्टामा  देशभर ९२७ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए । नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।