बाँकेमा थप १३ जनामा कोरोना संक्रमित थपिए

भदौ १२,  बाँके – बाँकेमा शुक्रबार थप १३ जना कोरोना संक्रमित थपिएका छन् ।

भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा बाँकेका १३ सहित सहित अन्य दुईजना कोरोना संक्रमित थपिएका हुन् । कुल ५ सय स्वाबको नमूना परिक्षण गरिएका मध्ये जम्मा १५ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार बाँकेका १३, रुपन्देहीका १ र रुकुमका १ गरी शुक्रबार १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

बाँके जिल्लामा हाल सम्म कुल ३३ हजार ३ ३ सय ३१ जनाको कोरोना परिक्षण गरिएको छ । भेरी अस्पतालमा गरिएको परिक्षणमा बाँके सहित अन्य जिल्लाका कुल १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेमा कोरोना कै कारण ६ जनाको मृत्यु भइसकेको छ ।