गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

 

भदौं १२, काठमाडौं –  गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितमा नवलपरासी पूर्वका ८, तनहुँका ४, कास्कीका ३ र लमजुङका २ जना रहेका छन् ।

उनीहरूलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकीमा संक्रमितको संख्या २ हजार २२ पुगेको छ । जसमध्ये अहिलेसम्म १ हजार ६ सय ७२ संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।