हन्ड्रेड्स ग्रुपका संस्थापक यादव भन्छन् – खान नपाए हामीलाई भन्नुस्

भदौं ८, काठमाडौं  – काठमाडौ कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहिलो पटक सरकारले चैत ११ गतेदेखि लकडाउन लागु गर्यो । लकडाउनको प्रत्यक्ष असर दैनिक ज्याला मजदुरी देखि सर्बसाधरण ब्यक्तिहरुलाई पर्यो ।

मजदुरहरु रोगले भन्दा पनि भोकले समस्यामा परे । समस्यामा रहेका ब्यक्तिहरुलाई खाना खुवाउन बिभिन्न सहयोगी हातहरु अघि बढे ।माहामारीको वेला अलिकति भए पनि भोकको समस्या समाधान गर्ने लाइनमा ’हन्ड्रेड्स एस ग्रुप’ पनि अगाडी वढ्यो । यस समुहले कोरोनाको कारण आम्दानी गुमाएर भोकै वसेका हजारौ असाहयहरुको लागि खाना खुवाउदै आएको छ । अहिले रत्नपार्कवाट भोजन सेवा दिदै आएको छ ।

अंशु यादव, यस समुहका एक सदस्य हुन । यादव संग गुप्रले सन्चालन गरेको भोजन सेवाका वारेमा केन्द्रित रहि इमेल खवर डटकमले कुराकानी गरेको छ । प्रस्तुत छ उनि संग गरिएको कुराकानीको सम्पादित अंश ।

तपाइहरुको फेसबुक ग्रुप ’हन्ड्रेड्स एस ग्रुप कस्तो किसिमको ग्रुप हो ?
यो ग्रुप एक समासेवी गुप्र हो । गरीब दुःखी मानिसहरुलाई सहयोग गर्ने उद्धेश्यले यो ग्रुप निर्माण भएको हो । करिब १ बर्षअघि देखि चार जनाले सञ्चालन गरेको यस गुप्रमा अहिले ३५०० सदस्य बनिसक्नु भएको छ । आपत बिपतमा जसरी हामी १०० मा प्रहरी सम्झन्छौं, हो त्यस्तै समस्या पर्दा सम्झन सजिलो होस भनेर हामीले ’हन्ड्रेड्स एस ग्रुप ’ भनेर नाम पनि जुराएका छौ ।

यो ग्रुपको उद्धेश्य के हो ? कस्ता कामहरु गर्दै आएको छ ?
यो गुप्रको मुख्य उदेश्य कुनै पनि ब्यक्ति खाना, नाना र छानाबाट बञ्चित नहुन भन्ने हो । यसै अनुरुप हामीले हाम्रा कामहरु अघि बढाइरहेका छौं । हामीले हाम्रो सामाजिक काम कपडा बैंकबाट शुरु गरेका हौ । काठमाडौं लगायत हामीले बिभिन्न स्थानहरुमा कपडा बैंक स्थापना गरेका थियौं । जसको उद्धेश्य निम्न स्तरका ब्यक्तिहरुले पनि सहज कपडा लगाउन सकुन भन्ने हो । अहिले भने कपडा बैंकको काम कोरोना महामारीका कारण स्थगित भएको छ । कपडाबाट कोरोना सर्ने सम्भावना भएकाले यो काम रोकेका छौं ।

कोरोनाको समयमा लामो समय लकडाउन भयो । अहिले निषेधाज्ञा जारी छ । यस्तो अवस्थामा तपाइहरुले के कसरी काम गर्दै हुनुहुन्छ ?
लकडाउन लागु भएसंगै निम्न स्तरका सर्वसाधरण देखि मजदुरहरुलाई समेत छाक टार्न समस्या भयो । त्यसपश्चात हामी तत्काल सहयोगमा जुट्यौ । काठमाडौंका बिभिन्न स्थानमा मेस सञ्चालन गरेर खाना खुवायौं । काठमाडौंमा होइन काठमाडौबाट फर्किनेहरुका लागि नेपालगञ्ज, सुर्खेतमा खाना खुवाउने ब्यवस्था मिलायौ । हाम्रो गुप्रमा देशभरका ब्यक्तिहरुहरु हुनुहुन्छ । त्यसकारण जहां समस्या हुन्छ त्यहि हामी जुट्छौं । त्यसकारण खाना नपाउनेहरुलेहामीलाई सम्झन आग्रह गर्दछौ । हामी जहा भोकको समस्या छ त्यहा हाजिर हुन्छौ । अहिले निषेधाज्ञा जारी छ । यस वीचमा पनि हामी सयौ जनालाई दैनिक भोजन गराईरहेका छौ । खास गरि रोजगार गुमाउनु भएका मजदुर र गरिवहरु आउनुहुन्छ भोजनका लागि ।

हालसम्म कति जनालाई खाना खुवाउनु भयो ? खाना खाने आउने ब्यक्तिहरुको अवस्था कस्तो पाउनु भएको छ ?
पहिलो लकडाउनमा हामीले धेरैले खाना खुवायौं । त्यसबेला हामीले दैनिक करिब १ हजार जतिलाई खाना खुवाएका थियौ । तर निषेधाज्ञामा भने कम देखिएको छ । अहिले करिब ३०० जनालाई एक छाक मात्र खाना खुवाउने गरेका छौं ।
मानिसहरुको अवस्थाको कुरा गर्दा दैनिक मजदुरी गर्ने ब्यक्तिहरु नै बढी छन् । लकडाउनका कारण उनिहरुको आम्दानीको स्रोत गुमेको छ । जसका कारण उनिहरुलाई छाक टार्न समस्या परेको छ । त्यस्तै सुत्केरीहरु, अशक्त तथा असाहय देखि अस्पतालका कुरुवा समेत आउने गरेका छन् ।

भोजनका लागि आर्थिक सहयोग कसरी जुटाउनु हुन्छ ?
फेसबुक मार्फत नै हामीले सहयोग जुटाउने गछौं । सहयोगका लागि आह्वान गछौं । ब्यक्तिहरुले स्वेच्छाले सहयोग गर्नुहुन्छ । सामाजिक संघ संस्थाहरुको सहयोग आइरहेको हुन्छ । त्यस्तै बिभिन्न दाताहरु मार्फत सहयोग आइरहेको हुन्छ । हाम्रो आर्थिक स्रोत भनेकै दाताहरु हुन् ।