भदौं २, काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।
उनको मंगलबार काठमाडौंको लैनचौरस्थित निवासमै निधन भएको हो ।
राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको १०१ बर्षमा निधन भएको हो ।