दुई ट्रकमा आगलागी, आगो नियन्त्रणमा

साउन ३०, काठमाडौ – वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित औद्योगिक क्षेत्रमा रहेका दुई ट्रकमा आज आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको भ्यालिट प्यालेट दाना उद्योग अगाडि रोकेर राखिएका ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

मकै लोड गरी राखिएको ना ५ प ६५०३ तथा ना ६ ख ७८२६ नम्बरको ट्रकमा प्राविधिक कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ।आगलागीबाट ना ६ ख ७८२६ नम्बरको ट्रक क्षतिग्रस्त भएको छ भने ना ५ प ६५०३ ट्रकमा आंशिक क्षति पुगेको बताइएको छ ।

हेटौँडा उपमहानगरपालिकाको दमकल, सशस्त्र प्रहरी, औद्योगिक क्षेत्रका कर्मचारी र स्थानीय व्यक्तिको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

–––