‘भुवन चैत्य वसुन्धरा’ पुरस्कारद्वारा मह जोडी सम्मानित

साउन ३०,काठमाडौं – मह जोडीलाई यस वर्षको ‘भुवन चैत्य वसुन्धरा’ पुरस्कार प्रदान गरिएको छ ।

‘भुवन चैत्य वसुन्धरा’ फाउन्डेसनले राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई यस सम्मानबाट विभूषित गरेको हो ।

फाउन्डेसनकी अध्यक्ष वसुन्धरा भुसालको अध्यक्षतामा भएको कार्यक्रममा मह जोडीलाई ५१ हजार राशिसहित सम्मान प्रदान गरिएको हो ।
फाउन्डेसनले हरेक वर्ष कला क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई पुरस्कृत गर्दै आएको छ ।