उपत्यकामा १२७ सहित थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि

साउन २९,काठमाडौं – आज थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये १२७ जना उपत्यकाका रहेको गौतमले जानकारी दिए । यो संगै संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।