७२ वर्षिय एकल महिलालाई नागरिकता

साउन २८, काठमाडौ – जिल्ला प्रशासन कार्यालय भोजपुरले ७२ वर्षिय एकल महिलालाई नागरिकता वितरण गरेको छ । टेम्केमैयुङ गाउँपालिका –८ गोगेने माइती भई स्थायी रुपमा रामप्रसादराई गाउँपालिका –४ दलगाउँ बस्दै आएकी हीरा राईलाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले नगरिकता दिएको हो ।

वडा कार्यालयको सिफारिसमा उनलाई वंशजका आधारमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले इमेलखवरलाई जानकारी दिए।, ‘‘सरकार केहि नहुनेको अभिभावक हो ।’’ प्रजिअ पुरीले भने,‘‘ अव हामीले ढिलै भए पनि नागरिकता दिएर उहाँले सरकारी सेवा सुविधा लिने ढोका खोलिदिएका छौ ।’’