किरण भुजेलको तीज गीत ’बम बम भोले’ सार्वजनिक

साउन २७, काठमाडौं –गायक किरण भुजेलको स्वरमा नयाँ तीज गीत सार्वजनिक भएको छ ।

गीतमा शेरा थामीको संगीत तथा विकास सिवाकोटीको शब्द रहको छ । गीतमा किरणसँगै बबिना किराँतीको स्वर दिएकी छिन् ।

किरण र बबिना आफैँ फिचर भएको भिडियोमा निक्स शर्मा र बिदिशा कार्कीको अभिनय रहेको छ ।

भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् । अनिल के. मानन्धरले छायांकन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् ।