थप ३३८ जनामा कोरोना पुष्टि

साउन २६, काठमाडौं – आज थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।