स्क्वास प्रशिक्षक कोरोना सङ्क्रमित

साउन २ काठमाडौं – स्क्वास खेलका एक प्रशिक्षक कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् उनले उहाँले शनिबार पिसिआर परीक्षण गराएका थिए । परीक्षणको आज रिपोर्ट आएपछि उनमा सङ्क्रमण पुष्टि भएको हो ।

ललितपुरको सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकूद परिसरमा रहेको स्क्वास हलमा आफूसँगै खेल्ने साथीमा गत साता कोरोना पाजेटिभ देखिएपछि पिसिआर परीक्षण गरेको र आफू पनि सङ्क्रमित भएको उनले बताए ।

उनि अहिले सातदोबाटोस्थित स्क्वास भवनमा क्वारेन्टिनमा छन् । उनका परिवारका सबै सदस्यको पिसिआर परीक्षण गराइने बताए । उनले डेढ दशकदेखि स्क्वासका खेलाडीलाई प्रशिक्षण दिदै आएका छन्