आइतबार थपिए ३ सय ८० जनामा कोरोना संक्रमित

साउन २५, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपालमा कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।

कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।