प्रदेश ५ की सांसद केसीलाई कोरोना संक्रमण

साउन २५, काठमाडौं – प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको छ ।
शनिबार राति फेसबुकमा स्टाटस लेख्दै सांसद केसीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका ९ की सांसद केसीले आफ्नो नजिक सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउनसमेत अुनरोध गरेकी छन् ।

सांसद केसीले फेसबुकमा लेखेकी छन्, ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु ।’