जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

 

साउन २३, काठमाडौ- झापाको कमल गाउँपालिका- ५ टुक्रेमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

शुक्रवार विहान जंगलबाट बस्ती छिरेका २ वटा जंगली हात्तीको आक्रमणवाट ५८ बर्षीय रोहीत रेग्मीको मृत्यु भएको हो ।

जंगली हात्तीले रेग्मीको टाटीबेराले बनेको घर समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।