हत्या आरोपमा राकेश पक्राउ

साउन २२, काठमाडौ – खोटाङको केपिलासगढी गाउँपालिका १ का २७ बर्षीय राकेश राईलाई हत्याको आरोपमा पक्राउ परेका छन ।

गत २० गते भएको विवादमा ५६ बर्षीय जबरधन राईलाई चिर्पट प्रहार गरि हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्रउ गरेको हो ।

घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले फरार रहेका राकेशलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।