अनलाइन कक्षाले बिद्यार्थीहरुमा बर्गीय बिभेद देखियो – शिक्षाबिद् कोइराला

साउन २०, काठमाडौं कोरोना महामारीका कारण लामो समयदेखि शैक्षिक संस्था बन्द छन् । लामो समय बिद्यालय बन्द हुदा बालबालिका घरमै बस्न बाध्य भएका छन् । यस बर्षको शैक्षिक सत्र अस्तब्यस्त भएको छ । अभिभावकहरुलाई समेत चिन्ता थपिएको छ । अहिले बिद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरीरहेका छन् । सरकारले पनि भर्चुअल शिक्षालाई अगाडि बढाएको छ । तर शिक्षाबिहरुले अनलाइन कक्षाले बिद्यार्थीहरु बिच बर्गाीय बिभेद भएको बताएका छन् । यसै सन्दर्भमा शिक्षाबिद् बिद्यानाथ कोइराला संग गरिएको कुराकानी सम्पादित अंश

कोराना भाइरसका कारण शैक्षिक क्षेत्र अस्तव्यस्त भएको छ । यसलाई कसरी हेर्नु भएको छ ?
अहिले शैक्षिक क्षेत्रसँगै विश्व नै अस्तव्यस्त जस्तो देखिन्छ । तर नेपालमा शैक्षिक सत्र परिवर्तनको बेला भएकाले तुलनात्मक रुपमा कम असर परेको भन्न सकिन्छ । तै पनि विद्यार्थी एवम् अभिभावकमा स्वभाविक मनोवैज्ञानिक त्रास बढेको छ परीक्षा स्थगित भएका विद्यार्थीका लागि यो पढ्ने र तयारी गर्ने समय हो । तर उनीहरुले राम्रोसित पढ्न सकिरहेका छैनन् । यसप्रति सरकार र अभिभावक पनि जिम्मेवार देखिदैनन् । घरमै पढ्ने, सिक्ने र परीक्षाको तयारी गर्ने वातावरण बनाउने मामलामा सरकार चुकेको छ ।

यो स्थितिमा विद्यार्थीका लागि सरकार र अभिभावकले के गर्नु पथ्र्यो त ?
अहिले विद्यार्थीलाई चार समूह बनाएर घरमै पढाउन सकिन्थ्यो । पढाउनका लागि शिक्षक अगाडि नै उभिनु पर्छ भन्ने होइन । अहिले प्रविधिको युग हो । प्रविधिको माध्यमबाट विद्यार्थीलाई नियमित पढाउन वा सिकाउन सकिन्थ्यो । रेडियो, टेलिभिजनसँगै ईन्टरनेटको माध्यमबाट पढाईलाई निरन्तरता दिन सकिन्थ्यो । तर त्यो हुन सकेन । त्यस्तै, घरसँग सम्बन्धित व्यवहारिक ज्ञान सिकाउनका लागि पनि यो उपयुक्त समय हो । यसप्रति अभिभावकहरु जिम्मेवार देखिएनन् ।

अहिले सञ्चालन भइरेहको अनलाइन कक्षा कत्तिको प्रभावकारी छ ?

अहिले सञ्चालन भइरहेको अनलाइन कक्षा प्रभाकारी छैन । यसले बिद्यार्थीहरु बिच बर्गीय बिभेद गरेको छ । केहि सिमित बिद्यार्थीहरु मात्र अनलाइन कक्षाको पहुंचमा छन् । जो पहुंचमा छन् उनिहरुले पढेका छन् जसको पहुंच छैन उनिहरु शिक्षा बाहिर छन् ।यसमा सरकारको ध्यान जान सेकेको छैन । सरकारले त्यसको बैकल्पिक उपाय खोजको छैन । पहंच बाहिरका बिद्यार्थीहरुलाई बैकल्पिकको रुपमा सरकारले अब शिक्षक परिचालन गरि बिद्यार्थीहरु पढाउनु पर्दछ ।

बालबालिकाहरुलाई घरमै सिर्जनशील बनाउने उपाय चाहिँ के हुन सक्छ ?
हो, सिर्जनशील बनाउनका लागि पढाईका विकल्प पनि छन् । उनीहरुलाई भान्छाको काम सिकाउन सकिन्छ । जस्तै, खाना पकाउन, मःम, अचार जस्ता परिकार बनाउन र खानपान कस्तो हुनुपर्छ ? भनेर सिकाउन सकिन्छ । त्यस्तै सरसफाई, गार्डनिङलगायत थुप्रै काम सिकाउन सकिन्छ । जसले विद्यार्थीलाई व्यवहारिक र सिर्जनशील बनाउन सहयोग पुग्दछ ।