उपत्यकामा ६२ जना सहित थप २५९ जनामा संक्रमण पुष्टि

साउन २०, काठमाडौं मंगलबार उपत्यकामा ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमा काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकाका ६२ सहित २५९ जना संक्रमित थपिएको जानकारी दिए ।

यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको उनले बताए  ।