कपडाको मास्क कसरी लगाउने ?

साउन १८, काठमाडौं –कोरोना भाइरसको संक्रमण कारण मास्क लगाउनु अनिवार्य भएको छ ।

बिज्ञहरुले सर्जिकल मास्क प्रयोग गर्ने र सर्जिकल मास्क नभएमा कपडाको भए पनि मास्क प्रयोग गर्न सुझाव दिएका छन् ।

कपडाको  माक्स लगााउन र यसलाई बारम्बार सफा गरिरहन आवश्यक हुन्छ । यहा कपडाको माक्स लगाउने तरीकाबारे चर्चा गरिएको छ ।

कपडाको मास्क लगाउने तरिका

मास्क लगाउनु अघि २० सेकेन्ड साबुन–पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।

मास्क लगाउदा नाक, मुख र च्युँडो ढाकिने गरी लगाउने ।

सकभर मास्कलाई हातले नछुने ।

मास्क फुकालेपछि साबुन–पानीले मिचिमिची कम्तीमा २० सेकेन्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने।

प्रयोग गरेको मास्कलाई हरेक दिन साबुन–पानीले धुने र घाममा सुकाउने।