एफए कपको उपाधि आर्सनललाइ

साउन १८, एजेन्सी – आर्सनलले इंग्लिस एफए कप फुटबलको उपाधि जितेको छ ।

वेम्बलीमा शनिबार राति भएको फाइनलमा १० खेलाडीमा सिमित चेल्सीलाई २ –१ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो ।

यससँगै आर्सनलले कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको छ ।