आज खिर खाने दिन, यी हुन खीरका ५ फाइदाहरु

 

साउन १५, काठमाडौं — आज खीर खाने दिन हिन्दू धर्मावलम्बीहरुले साउनमा माछा–मासु नखाने भएकाले साउनमा खीर खाने चलन रहेको छ ।

त्यसैले पनि साउन १५ लाई विशेष खीर खाने दिन भनेर मनाउने गरिन्छ । खीरमा कार्बोहाइडे«ड र प्रोटिनको मात्रा बढी हुनाले हाम्रो शरीर पोषिलो बनाउने गर्दछ ।

यी हुन खीरका फाइदाहरु

दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ ।

चामलमा कार्बोहाइडे«ड पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो ।

दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सकिन्छ ।

खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ ।

पाचान प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पचाउन सजिलो हुन्छ।