रेस्लर गायिका अस्मिता जुरेलीको गीत सार्वजनिक (भिडियो)

साउन १५, काठमाडौं – रेस्लर गायिका अस्मिता जुरेलीले फरक शैलीको गीत बजारमा ल्याएकी छन् ।

अस्मिताले ’मान्देउ न शिवजी’ बोलको गीत युट्युबमा सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतको भिडियोमा गायिका अस्मिता निकै हट अवतारमा प्रस्तुत भएकी छिन् ।

गीतमा शिवम अधिकारीको शब्द र ओम सुनारको सङ्गीत रहेको छ । भने भिडियोमा गायिका अस्मिताको साथमा दुर्गेश थापा, लोमोस शर्मा, अर्जुन गौतम, लगायतका कलाकार फिचर्ड भएका छन् ।

नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोलाई समिर मियाँको सम्पादन गरेका हुन् भने रङ्ग संयोजनको छ । शिव विकको कोरियोग्राफी र निर्देशन रहेको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।