पाल्पामा पहिराले पुरेर एकको मृत्यु

साउन १३, काठमाडौ – पाल्पामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ असर्दीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अबिरल वर्षा भएपछि पहिराले खेत नोक्सान पु¥याउन थालेको रोक्न राति खेतमा गएका अर्याललाई असर्दीको बतासेखोला छेउमा आएको पहिराले बगाउँदा मृत्यु भएको वडाध्यक्ष कृष्ण रेग्मीले बताए । पहिराले बगाएर अर्याललाई १० मिटर तल लगेको थियो ।