आज मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना, सर्तक रहन आग्रह

साउन १३, काठमाडौं – जल तथा मौसम विज्ञान विभागले आज देशभर माषममा परिवर्तन आउने बताएको छ ।

बिभागका अनुसार  देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।