काठमाडौंका ८ सहित थप १३० जनामा कोरोना पुष्टि

साउन ११, काठमाडौं – आज थप थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षण अनुसार उनिहरुमा कोरोना पुष्टि भएको हो।

संक्रमित मध्ये ८ जना काठमाडौंका रहेका गौतमले जानकारी  दिए ।