राप्रपाका ३१ नेताद्वारा पार्टी परित्यागको घोषणा

साउन १०, काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टीका ३१ नेताद्वारा पार्टी परित्यागको घोषणा गरेका छन् ।

शनिबार अध्यक्षत्रयलाई सम्बोधन गर्दै नेताहरूले पार्टीका सबै जिम्मेवारीबाट आफूहरू अलग भएको भन्दै राजीनामा पत्र बुझाएका हुन्।
पार्टी परित्यागका गर्नेमा पूर्वमन्त्री सुनिलबहादुर थापासमेत रहेका छन् ।

मुलुकमा लोकतान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहने गरी हामी आजका मितिदेखि रापपाको सबै तहका पद र जिम्मवारीबाट अलग रहने उनिहरुले घोषणा गरेका छन् ।