थप १४७ जनामा कोरोना संक्रमण पुष्टि

साउन ८, काठमाडौं आज थप १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

यो संगै संक्रमित ब्यक्तिको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।