नयां गीतमा देखिइन् अञ्जली अधिकारी

साउन ७, काठमाडौं – मोेडल अञ्जली अधिकारी नयां गीतमा देखिएकी छन् ।

मीना निरौलाको स्वर तथा गीतकार प्रह्लाद सुवेदीको तीज गीत ’गण्डकी बग्यो सली सली…’ गीतमा उनले मोडलिङ गरेकी छन् ।

गीतमा सङ्गीत वसन्त थापाले भरेका छन् भने सङ्गीत संयोजन आशिष् अविरलले गरेका हुन् ।

यसै गरी भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका हुन् र छायाङ्कन अजय रेग्मीको रहेको छ ।