कस्तो ब्रा लगाउने ?

साउन ६, काठमाडौं  – महिलाहरुले महिलाले बाहिरी रूपको हेरचाहमा विशेष ध्यान दिएका हुन्छन् । तर, कतिपयले अन्तर्वस्त्रको छनोटमा लापर्बाही गर्छन् ।गलत फिटिङका अन्तर्वस्त्र लगाउनाले हानिकारक हुन सक्दछ ।

सही सेप र साइजको ब्रा लगाइएन भने महिलालाई असजिलो त महसुस हुन्छ नै, साथै काँध दुख्ने, कम्मर दुख्ने, स्तनमा समस्या आउने हुन सक्छ । यति मात्र नभई निरन्तर ब्रा लगाइरहँदा पनि महिला स्वास्थ्यमा असर पर्छ ।

ब्राको छनोट गर्दा निम्न कुराहरुमा ध्यान दिनुपर्दछ

ब्राको सहि नाप लिन आवश्यक हुन्छ । जसका लागि यताउता नचली सीधा उभिएर मात्र सही नाप लिनु पर्दछ । प्लास्टिकयुक्त इन्चिटेप मोडिन्छ, त्यसैले कपडाको इन्चिटेपबाट नै नाप लिनुपर्छ । यसबाट नाप एकदम सही आउँछ ।

ब्रा लगाउँदा स्ट्राइपलाई घोच्छ भने त्यसको अर्थ हुन्छ, आफ्नो साइजभन्दा ठूलो ब्रा लगाइएको छ । अतः तुरुन्त सही साइजको ब्रा प्रयोग गर्नुपर्छ ।

आफ्नो ब्राको नाप अहिलेसम्म २८ सी थियो र अब त्यो कस्सिन थालेको छ भने त्यसलाई तुरुन्त बदलेर ३० नम्बरको ब्रा लिनु हुँदैन । आफ्नो ब्रान्ड साइज परिवर्तन गर्नु हुँदैन केवल आफ्नो कप साइज ’सी’ को साटो ’डी’ लिनुपर्छ ।

’ए’ (स्मल कप) ब्राको कप साइज ठूलो छ अर्थात् लुज (खुकुलो) सी (लार्ज कप) ब्राको कम साइज सानो छ र फिट छैन भने ३४र८५ ’सी’(लार्ज कप) साइजको ब्रा लगाउनुपर्छ ।

’डी’ र ’सी’ साइजको ब्रा पनि कप साइजमा सानो छ र फिट हुँदैन भने ३४र८५ डी (एक्स्ट्रा लार्ज कप) साइजको ब्रा लगाउनुपर्छ ।