डुम्रे–बेसीँशहर सडकखण्ड अवरुद्ध

साउन ५, काठमाडौ- पहिराले तनहुँको डुम्रे–बेसीँशहर सडकखण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरा झरेपछि डुम्रे–वेशीशहर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको हो ।

भानु नगरपालिका–३ चाम्बासस्थित रिडिखोला नजिक खसेको पहिराले सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ । निरन्तर वर्षा भएकाले पहिरा हटाउन केही समय लाग्ने जनाइएको छ ।

यस्तै वर्षाका कारण पहिरा गएपछि तनहुँको ऋषिङ गाउँपालिकास्थित श्रृङ्गपथ अवरुद्ध भएको छ । श्रृङ्गपथको घुम्तीभिरमुनि पहिरा खसेर सडक अवरुद्ध बनेको स्थानीयवासी निर्मल थापाले जानकारी दिए। ऋषिङ गाउँपालिकाकै ऐरीचौतारा हुँदै राम्जाकोट जाने बाटो समेत पहिराका कारण अवरुद्ध भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मुग्लिङ–कोत्रे सडखण्डमा भने कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका छन् । ऋषिङ गाउँपालिकास्थित श्रृङ्गपथ अवरुद्ध भएको हो । श्रृङ्गपथको घुम्तीभिरमुनि पहिरा खसेर सडक अवरुद्ध बनेको स्थानीयवासी निर्मल थापाले जानकारी दिए । ऋषिङ गाउँपालिकाकै ऐरीचौतारा हुँदै राम्जाकोट जाने बाटो समेत पहिराका कारण अवरुद्ध भएको छ । निरन्तर वर्षा भइरहेकाले पहिरा हटाउन समय लाग्ने बताइएको छ । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ–कोत्रे सडकखण्डमा भने कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।