प्रभास र दीपिका पहिलोपटक एउटै स्क्रिनमा देखिदै

साउन ५, एजेन्सी – बलिउड अभिनेत्री दीपिका पादुकोण र दक्षिण भारतका स्टार प्रभास एउटै पर्दामा देखिने भएका छन् ।

उनीहरू एक तेलेगु चलचित्रमा एकसाथ देखिन लागेका हुन् । नाग अश्विनले निर्देशन गर्ने चलचित्र तेलेगुमा मात्र नभएर हिन्दी र तामिलमा पनि डब हुने बताइएको छ ।

प्रभास र दीपिकाले पहिले पटक स्क्रिन साझेदारी गर्न लागेका हुन् ।

चलचित्र आउँदो वर्षको अप्रिलदेखि छायाङ्कनमा जानेछ ।