एफए कपको फाइनलमा आर्सनल र चेल्सी प्रतिस्पर्धा गर्दै

साउन ५, एजेन्सी – म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

चेल्सीले अब फाइनलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।

आइतबार राति भएको खेलमा चेल्सीले युनाइटेडलाई ३ –१ गोलअन्तरले पराजित गरेको हो ।

यसअघि शनिबार राति भएको सेमिफाइनल खेलमा म्यान्चेस्टर सिटीलाई २–० गोलअन्तरले पराजित गर्दै आर्सनल फाइनलमा पुगेको थियो।