स्पेनमा फैलिदै कोरोना, एक दिनमा हजार बढी संक्रमित

साउन ४, एजेन्सी –स्पेनको उत्तर–पूर्वी इलाका क्याटलोनियामा थुप्रै प्रतिबन्ध बीच एकपटक पुनः एक दिनमा हजार बढी संक्रमित भेटिएका छन् ।

संक्रमण फैलन थालेपछि स्वास्थ्य बिभागले बार्सिलोनामा ४० लाख व्यक्तिलाई १५ दिनसम्म घरमा बस्न आग्रह गरेको छ । उता स्पेनमा कोरोनाको बढ्दो संक्रमण देखिएपछि छिमेकी देश फ्रान्सले देशको सीमा बन्द गर्नेबारे एकपटक पुनः विचार गर्नुपर्ने बताएको छ ।

स्पेनमा हालसम्म २.६ लाख संक्रमित भेटिएको छ जसमध्ये २८ हजार ४ सय व्यक्तिको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा क्याटलोनयामा ११ सय २६ संक्रमित भेटिएका छन् । यीमध्ये ८ सय ९४ संक्रमित बार्सिलोनामा छन् । यहाँ नाइट क्लब र जम बन्द हुनुका साथै रेष्टुरेन्ट र बार आदिमा प्रतिबन्ध लगाइएको छ ।