सिर्जु अधिकारीको तीज गीत ‘हाई मेरी प्यारी’ सार्वजनिक

असार २९, काठमाडौं – गायिका सिर्जु अधिकारीको तीज गीत ‘हाई मेरी प्यारी’ सार्वजनिक भएको छ ।

गीतमा अर्की गायिका माण्डवी त्रिपाठीको समेत स्वर रहेको छ ।

करण न्यौपानेको शब्द र भाका रहेको गीतमा बिपिन आचार्यले संगीत संयोजन गरेका छन् ।

अशोक बिकले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा गायिका सिर्जु अधिकारी, रक्षा श्रेष्ठ र भीम पौडेलले अभिनय गरेका छन् ।