मरिष्का पोखरेल अभिनित बलिउड चलचित्र ‘यारा’को टिजर सार्वजनिक

असार २७, काठमाडौं अभिनेत्री मरिष्का पोखरेल अभिनित बलिउड चलचित्र यारा’को टिजर सार्वजनिक भएको छ ।

नेपालमा समेत छायाङ्कन गरिएको चलचित्रको टिजरमा मरिष्कालाई एक सेकेन्ड मात्र स्थान दिइएको छ ।

सार्वजनिक टिजरमा नेपालको केही दृश्य पनि समावेश गरिएको छ । १ मिनेट ३६ सेकेन्डको टिजरमा भक्तपुर दरबार स्क्वायर आसपासका केही दृश्य देख्न सकिन्छ ।

जुलाई ३० मा जी ५ बाट ओटिटी रिलिज हुने यस चलचित्रमा बलिउडका एक्सन स्टार विद्युत् जामवालको प्रमुख भूमिका रहेको छ ।

साथमा श्रुति हसन, अमित साध र विजय वर्माको पनि प्रमुख भूमिका रहेको छ ।