कोठामा आउन घरवेटीको सर्त–कोरोना परिक्षण रिर्पोट

असार २७, काठमाडौं – कोरोना रोकथामा तथा नियन्त्रणका लागि सरकारले देशब्यापी रुपमा लकडाउन घोषण गरेसंगै बानेश्वरका रेष्टुरेन्ट व्यबसायी रमेश पराजुली आफ्नो गाँउ बाग्लुङ फर्किए । महिना दिन गाँउमा विताएका उनि लकडाउन खुकुलो वन्दै जाँदा काठमाडौ आउने योजना वनाए । रेष्टुरेन्टवाट खाना प्याक गरि बेच्ने र व्यवसायलाई सन्चालन गर्न चाहेका उनलाई घरवेटीले सर्त राखे । त्यो सर्त थियो कोरोना परिक्षण रिर्पोट । घरबेटीको सर्त अनुसार उनि कोरोना परिक्षणका लागि टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल पुगे । करिब ३ घण्टाको पर्खाइपछि उनको आरडिटी परिक्षण भयो । नतिजा आयो नेगेटिभ । परिक्षणको कार्ड देखाउदै उनि आफ्नो डेरामा पुगे । ‘घरबेटीले परिक्षण बिना घरमा नपस्नु भनेकाले परिक्षण गराउन बाध्य भएको हँु’ उनले भने । रिपोर्ट नेगेटिभ आएपछि आफु र घरबेटी ढुक्क भएको उनले बताए ।

कोटेश्वरकी प्रमिला अधिकारी पनि घरवेटीका कारण कोरोना टेष्टका लागि टेकु अस्पतालमा पुगिन । करिब ३ घण्टाको पर्खाइपछि चेकजाच गर्दा चिकित्सकले परिक्षण गर्न मानेन । तपाई संक्रमित क्षेत्रमा नगएको र संक्रमित ब्यक्तिको सम्पर्कमा नरहेकाले परिक्षण गर्न आवश्यक छैन भन्दै अस्पतालले उनको परिक्षण गर्न आनाकानी गर्यो । ‘घरबेटीले अनिवार्य परिक्षणको रिपोर्ट लिएर आउनु भनेको तर यता अस्पतालले परिक्षण गराइदिदैन ।’ उनले भनिन्, ‘कता जानु अब? ।’

आफन्त बिरामी भएकाले लकडाउनकै समयमा अधिकारी सिन्धुली पुगेकी थिइन् । घरबेटीले परिक्षण गराएर मात्रै कोठमा फर्कन भने पछि उनि परिक्षणका लागि टेकु अस्पताल पुगेकी हुन् । परिक्षण बिना डेरामा जान नपाइने भएकाले परिक्षणका लागि आफुले संघर्ष नै गर्नुपरेको उनले बताइन् । ‘परिक्षण बिना डेरामा जान नपाइने, परिक्षण गर्न अस्पतालले नमान्ने भए पछि हामी काहा जाने ?’ उनले भनिन् । लामो प्रयासपछि उनले आरडिटी परिक्षण गराइन् नै । नेगेटिभ रिपोर्ट लिएर उनि आफ्नो डेरामा पुगिन् । परिक्षणका लागि अस्पतालमा संघर्ष नै गर्नुपरेको उनले बताइन् । उनले अगाडि भनिन् ‘कित घरबेटीले परिक्षण बिना जान दिनुपर्यो होइन भने अस्पताले सहज रुपमा परिक्षण गराइदिनु पर्यो ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका छिर्ने हरकोहि ब्यक्तिलाई परिक्षणका लागि दबाब नदिन घरेबेटीहरुलाइ आग्रह गरेको छ । तर, सरकारको यो अनुरोधलाई घरबेटीहरुले टेरेका छैनन् । बाहिरबाट फर्किनेहरुले परिक्षण गराएर आउदा घरमा रहेका अन्य ब्यक्तिहरु पनि सुरक्षित हुने भएकाले परिक्षण अनिवार्य हुनु पर्ने बबरमहल स्थित एक घरबेटी बताउछन् । उनि भन्छन् ‘बाहिरबाट उपत्याका भित्रिनेहरुकै कारण उपत्याकामा संक्रमण बढ्दो छ, यसले गर्दा परिक्षणले सुरक्षित रहन सकिन्छ ।’ परिक्षणलाई घरबेटीको दबाब मात्र नसम्झी आफु पनि सुरक्षित हुने उपाय हो भनेर बुझन आवश्यक रहेको उनि बताउछन् ।

दैनिक रुपमा करिब छ सय देखि १ हजारसम्म कोरोना जाचको लागि अस्पताल आउने गरेको अस्पतालका प्रवक्ता तथा सरुवा रोग बिशेषज्ञ अनुप बास्तोलाले ईमेल खवर डट कमलाई बताए । उनका अनुसार परिक्षण गराउनेहरुमा बाहिरबाट उपत्यका फर्केकाहरुको संख्या बढी छ । ‘बाहिरबाट फर्केनेहरुलाई परिक्षणका लागि घरबेटीले दिएको दबाबका कारण परिक्षण गराउन आउने गरेका छन् ।’ उनले भने ।

हरकोही परिक्षणका लागि आएपनि सबैलाई परिक्षण गराउन सम्भव नरहेको उनि बताउछन् । ब्यक्ति संक्रमित एरियामा नगएको र संक्रमित ब्यक्ति संगको सम्पर्कमा नभएकालाई परिक्षण गराउन आवश्यक नरहेको उनले बताए । ‘अनिवार्य परिक्षण गराइदिनुस सबैले भन्छन् तर ब्यक्तिको अवस्था अनुसार परिक्षण गराउछौ । ’