हद भयो बकबास बन्द गर ः प्रवक्ता श्रेष्ठ

असार २५, काठमाडौं – यस्तै, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भारतीय सञ्चारमाध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले भनेका छन् “ हद भयो, बकवास बन्द गर ।”

प्रवक्ता श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरु एकढिक्का भएको बताएका छन् । प्रवक्ता श्रेष्ठले भनेका छन् “विदेशीको फुटाउ र स्वास्थ्य पूरा गर नीति सफल हुन दिने छैनौँ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।”

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि केही भारतीय मिडियाले पत्रकारिताबाहेक अरू थोकमात्र गरिरहेको बताएका छन् । उनले यस्ता आधारहीन सम्प्रेषणले नेपालमा कुनै अर्थ नराख्ने भन्दै जिम्मेवार पत्रकारिताका लागि यस्तो समाचार लज्जाको विषय हुने उल्लेख गरे ।रासस