उपत्यकामा सार्वजनिक सवारीसाधन चलाउन सरकारले दियो अनुमति

असार २५, काठमाडौं – लामो सयमदेखि ठप्प रहेको सार्वजनिक सवारीसाधन चलाउन सरकारले  अनुमति  दिएको छ ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबारको गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सवारी साधन चलाउन दिने निर्णय गरेको बताए ।

खतिवडाले उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधान संचालन गर्ने निर्णय गरेको जनाकारी गराएका हुन् ।

सरकारको यो निर्णय अनुसार   उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् ।