काठमाडौंमा थपिए ५ जना कोरोना संक्रमित, संक्रमितको संख्या पुग्यो १६ हजार ५३१

असार २५, काठमाडौं – बितेको २४ घण्टामा थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसका काठमाडौंका ५ जना समेत रहेका छन् । योसहित कोरोना संक्रमितको कूल संख्या १६ हजार ५३१ पुगेको गौतमले बताए ।

यससँगै कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ हजार ८९१ जना पुगेको छ ।