तीज गीतमा प्रिज्मा, प्रिन्सीसँग नाच्दै ‘बले’

असार २४, काठमाडौं – टिकटिकमा भाइरल बनेका ट्विनी गर्ल प्रिज्मा र प्रिन्सी खतिवडा तीज गीतमा देखिएका छन् ।

सञ्चार कर्मी अनिता चलाउनेको ‘यस्तो बनोस् मेरो तीज’ गीतको भिडियोमा उनिहरुले अभिनय गरेका छन् । भिडियोमा उनिहरुसंगै सागर लम्साल ’बले’ फिचर्ड छन् ।

गीतमा विपिन किरणका शब्द तथा दीपक शर्माको सङ्गीतको रहेको छ । भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् भने सुबोल थापाको नृत्य निर्देशन रहेको छ ।