कसरी गर्ने लामो समय यौन क्रियाकलाप ?

असार २४, काठमाडौं – यौन जिवनलाई आवश्यकताको साथै मनोरञ्जनका लागि पनि लिइन्छ । यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुराहरूमा भर पर्छ । यौन क्रियाकलापमा समय व्यक्ति–व्यक्ति अनुसार फरक–फरक हुन्छ र एक व्यक्तिको पनि फरक–फरक समयमा फरक–फरक हुन सक्छ ।

यौनसम्पर्कको समय व्यक्ति, जोडी अनि परिस्थितिअनुरूप फरक–फरक हुन्छ । एक अध्ययनका अनुसार १–२ मिनेटको यौनसम्पर्कको समयलाई ‘धैरै छोटो’, ३–७ मिनेटको समयलाई ‘पर्याप्त’ अनि ७–१३ मिनेटको समयलाई ‘वाञ्छनीय’ मानिएको छ । तर धेरैलाई लामो समय यौन क्रियाकलपामा रमाउने रहर हुने गर्दछ ।

 लामो समय यौन क्रियाकलाप  कसरी गर्ने त भन्ने बारेमा यहां केहि चर्चा गरिएको छ ।

तनावयुत्त रहने  – यौन सम्पर्कका लागि तनावमुत्त हुनुपर्दछ । तनाव, चिन्ता अनि विशेष गरेर यौन सक्षमताको चिन्ताले यसमा कुनै सहयोग गर्दैन । यौन साथीलाई यौन क्षमता प्रदर्शित गर्नुपर्ने दबाब भए समस्या थप चर्को हुन सक्छ । यौनसम्पर्कको समय छोटो हुने समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय अपनाउन सकिन्छ ।

यौनसम्पर्क रोक्ने– यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग झिकेर केही बेर यौन क्रीडा रोक्ने र उत्तेजना केही कम भएपछि पुन सुरु गर्ने ।

आसन परिवर्तन गर्ने – यौन क्रियाकलाप लामो समय टिकाउनका लागि बिभिन्न आसनमा यौन सम्पर्क गर्न सकिन्छ ।

कन्डमको प्रयोग – कन्डमको प्रयोगवाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पु¥याउँछ ।

मांसपेशीको प्रयोग – पिसाब आउँदा रोक्न प्रयोग हुने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा मिल्छ ।