पर्वतमा कोरोना संक्रमित २३ जना डिस्चार्ज हुदै

असार २४, पोखरा– पर्वतमा एकैदिन २३ जना कोरोना संक्रमित घर फर्किँदै छन् ।

कोरोना संक्रमण देखिएपछि कुस्मास्थित अस्पतालको आइसोलेसनमा राखिएका उनीहरूको दोस्रो परीक्षण रिपार्टसमेत नेगेटिभ आएकाले डिस्चार्ज गर्न लागिएको हो ।

डिस्चार्ज हुने २३ जना मध्ये केही व्यक्ति संक्रमण पुष्टि भएको ३४ दिनसम्म अस्पतालमा बसेका छन् ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र प्रदेश क्षयरोग केन्द्रको ल्याबमा गरिएको परीक्षणमा २३ जना संक्रमितको पीअीसार रिर्पोट नेगेटिभ आएको हो ।