पर्सामा ५५ प्रतिशत धान रोपाइँ  (अडियो रिपोर्ट)

असार २४, काठमाडौ – असार महिनाको दोस्रो साता नवित्दै पर्सा जिल्लामा ५५ प्रतिशत भन्दा बढी धानरोपाइँ पूरा भएको छ । असार महिनाको पहिलो सातादेखि शुरु भएकोे वर्षाले खेतमा पानीको पर्याप्ततालाई पूरा गरेपछि दोस्रो साता मै ५५ प्रतिशत भन्दा बढी रोपाइँ पूरा भएको हो । मौसमले कृषकलाई साथ दिएपछि असारको दोस्रो सातानबित्दै पर्सा जिल्लामा २५ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा असारे धानको रोपाइँ पूरा भइसकेको छ । गत वर्ष जिल्लामा ४५ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको तुलनामा यस वर्ष ४७ हजार हेक्टर अर्थात दुई हजार हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिए । उनले विदेशबाट युवाहरु गाउँघरमा फर्किएका कारण मजदूरको समस्या समाधान भएको र मौसमले साथ दिएपछि वर्षौदेखि बाँझौ रहेका खेतमासमेत यसवर्ष धान रोपाइँ भएको बताए ।रासस