एनआईसी एशिया बैंकका ऋणीलाई व्याज छुटको आर्कषक योजना

 

असार २३, काठमाडौं – एनआईसी एशिया बैंकले आफ्ना ऋणीलाई बिशेष व्याज छुटको योजना ल्याएको छ । कोरोना महामारीबाट ऋणीहरूमा परेको असर न्यूनीकरणका लागि आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम भुक्तान गरेमा श्रावण १ बाट लागु हुने गरि कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना रहेको बैंकले बताएको छ ।

असान्त महिना सकिन लाग्दा ग्राहकरुहरुलाई फाईदा उठाउन बैंकले सम्पूर्ण ऋणीहरूमा आह्वान गरेको छ । बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका ग्राहकहरूले ०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम ०७७ आषाढ समान्तभित्रै भुक्तानी गरेमा २०७७ श्रावण १ पश्चात् ब्याजदर ९.९९ प्रतिशतमा कायम गरिने व्यवस्था रहेको छ ।

त्यस्तै चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहकहरूको बैंक खातामा जम्मा समेत गरिएको बैंकले जनाएको छ ।

यस ‘कर्जा सहायता केन्द्र’ को स्थापना पश्चात् बैंकका ग्राहकहरूले आफ्नो कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासोहरू जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले यस सुविधाको फाईदा लिन सक्ने बैंकले जनाएको छ ।