असार २३, काठमाडौं – कोरोना नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनका कारण शैक्षिक क्षेत्र ठप्प छन् । शैक्षिक क्षेत्र ठप्प भएसंगै निजी बिद्यालयहरुले बिभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषण गरे । माग सम्बोधनका लागि निजी बिद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरे । लामो समयदेखि सरकारसंग छलफलमा रहेका बिद्यालयहरुले सोमबार आन्दोलन स्थिगित भएको घोषणा गरे । नीजि विद्यालयले किन आन्दोलनका कार्यक्रम सार्वजनिक गरे ? फेरी किन आन्दोलन स्थगित गरे ? यिनै सन्र्दभमा रहेर इमेल खवर डटकमले प्याब्सनका अध्यक्ष टीकाराम पुरीसंग कुराकानी गरेको छ । प्रस्तुत छ उनिसंग गरिएको कुराकानीको अंश ।
तपाइहरुले आन्दोलन स्थिगित गर्नुभएछ नि ?
तत्कालका लागि हामीले आन्दोलन स्थिगित गरेका छौं । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलसँग भएको कुराकानीमा हाम्रो मागहरु पुरा हुनेमा केहि सकारात्मक संकेत देखियो । बिद्यालयका मागहरु पुरा हुन्छन् भन्ने बिश्वासका साथ हामीले आन्दोलन स्थिगित गरेका हौं ।
तपाइहरुले के के माग राख्नु भएको छ ?
बिद्यालयमा पढाइ ठप्प भएकाले हामीले बैशाख देखि नै अनलाइन कक्षा सञ्चालन गरिरहेका छौं । त्यसकारण हाम्रो माग भनेको बिद्यार्थीहरुसंग शुल्क लिन पाउने बाताबरण बनोस भन्ने हो । निजी बिद्यालयहरुको आम्दानी नभएकाले अहिले करिब २ लाख शिक्षक तथा कर्मचारी बेरोजगार रहेका छन् । उनिहरुलाइ पनि राहतको ब्यवस्था गरिदिन सरकारसंग माग रहेका छौ । त्यस्तै कतिपय बिद्यालयहरु भाडामा छन । वैकको ऋणमा छन । भाडामा छुट दिन माग गरेका छौं ।
कतिपय बिद्यालयहरुले शुल्क लिइरहेका छन् त ।
अहिले हाम्रा २ लाख कर्मचारीहरु बेरोजगार छन् । निजी बिद्यालयहरुको आम्दानी भनेकै बिद्यार्थीको शुल्क हो । बिद्यार्थीहरुबाट शुल्क नउठाएपछि हामीले कसरी कर्मचारी पाल्ने ? सरकारले केहि राहत दिएको छैन । कर्मचारी पाल्नका लागि बिद्यालयहरुले शुल्क उठाइरहेका छन् । यस बिषयमा हिजो पनि मन्त्रालयमा कुरा भएको छ । अब सरकारको के निर्णय आउछ त्यो भने हेर्न बांकी छ ।
तपाइहरुका यी मागहरु पुरा हुन्छन् भन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
सरकारसंगको छलफल सकारात्मक भएको छ । अझै पनि बिश्वस्त भने हुन भने सकिएको छैन । हामी केहि समय पर्ख र हेरको अवस्थामा छौैं । यदि हाम्रा मागहरु पुरा नभएमा पुन आन्दोलनको घोषण गछौं ।