थप २९३ जनामा कोरोना संक्रमण पुष्टि

असार २१, काठमाडौं – नेपालमा थप २९३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ९३ थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमले बिभिन्न प्रयोगशालमा गरिएको परिक्षणका आधारमा नयां संक्रमित फेला परेको बताए ।

हालसम्म ६ हजार ५४७ जम्मा कोरोना निको भएर डिस्चार्ज भएका छन् ।