विद्या बालनको “शकुन्तला देवी” अमेजन प्राइममा रिलिज हुने


असार २१, काठमाडौं –विद्या बालनको अभिनित चलचित्र ’शकुन्तला देवी’ ओटिटी प्लेटफर्म अमेजन प्राइममा प्रदर्शन हुने भएको छ ।

विद्याले चलचित्र ३१ जुलाईबाट डिजिटल प्रदर्शन हुने जानकारी आफ्नो ट्विटर बाट दिएकी छिन् । अमेजनले प्राइमले पनि ’शकुन्तला देवी’को ग्लोबल प्रिमियरको घोषणा गरेको छ ।

विद्याले आफ्नो ट्विटर ह्यान्डलमा एक मिनेटको भिडियो शेयर गरेर फिल्म घोषणाको जानकारी  दिएकी छिन् ।

चलचित्रलाई अनु मेननद्वारा निर्देशन गरेका छन् । यस चलचित्र ८ मेमा हलमा प्रदर्शनका लागि तय भएको थियो ।