कोरोना सचेतनामूलक पुस्तक र क्यालेन्डर सार्वजनिक

असार २१, काठमाडौ – नेपाल मुद्रण उद्योग महासङ्घ गण्डकी प्रदेशले कोरोना सचेतनामूलक पुस्तक र क्यालेन्डर सार्वजनिक गरेको छ । पुस्तक र क्यालेन्डर गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एक कार्यक्रमकाबीच सार्वजनिक गरे ।

कार्यक्रममा थापाले कोभिड–१९ ले नेपालमा प्रत्यक्ष आर्थिक समस्या देखिएको र उद्योग व्यवसाय, पर्यटन तथा यातायात क्षेत्रमा अझ बढी प्रभावित बनाएको बताए । सरकारले धरासायी बनेको पर्यटन क्षेत्रमा आर्थिक प्याकेजसहित राहत दिनुपर्ने उनले उल्लेख गरे ।

नेपाल मुद्रण महासङ्घका केन्द्रीय सदस्य जीवन गोर्खालीले मुद्रण उद्योग व्यवसायीलाई कोभिड–१९ बाट परेको समस्या र समाधानका लागि अर्थमन्त्रीसमक्ष ध्यानाकर्षण गराइएको बताए । उद्योग सङ्घ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठले मुद्रण व्यवसायीको आवाजलाई केन्द्रबाट स्थानीय तह र स्थानीय तहबाट केन्द्रसम्म पु¥याउन गोलबद्ध रहनका लागि संस्था स्थापना भएको जानकारी गराए । उक्त अवसरमा मिस कल्चर–२०२० विजेता प्रतीक्षा बाँस्तोलालाई सम्मानपत्र तथा खादा लगाई सम्मान गरिएको थियो ।रासस