‘असार २१ गतेदेखि सार्वजनिक यातायात चलाउने कुनै पनि निर्णय छैन’ महासंघ

असार २०, काठमाडौं – सार्वजनिक यातायात महासंघले भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने भन्ने विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएका छन् । तर समाचार प्रकाशन भएपछि यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात सञ्चालनमा आउने कुनै पनि निर्णय नभएको जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले असार २१ गतेदेखि सार्वजनिक यातायात चलाउने कुनै पनि निर्णय नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सार्वजनिक यातायात सञ्चालनमा आउने तथा व्यवसायीहरुले सञ्चालन गर्ने भन्ने कुरा हल्ला मात्रै भएको र यसमा कुनै पनि सत्यता नरहेको बताएका छन् ।

सिटौलाले नेपालका केही सञ्चारमाध्याम मार्फत यहि असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने समाचारको खण्डन गरेका छन् ।