गोरखामा कोरोना संक्रमित एक जनाको मृत्यु

असार २०, काठमाडौं – गोरखामा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ। गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ४४ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कतारबाट आएका पालुङटार नगरपालिका वडा नम्वर ७ का पुरुषको शनिबार बिहान   मृत्यु भएको हो। कोरोना पोजेटिभ पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि गएराति अस्पताल भर्ना गरिएको थियो।

उनी असार १६ गते कतारबाट नेपाल फर्केका थिए।